नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
काठमाडौं । ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले कसिलो बलिङ गर्दै ओमानलाई ९४ रनमा अलआउट गरेको हो ।
सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल तयार पार्यो ।
ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन बनाए ।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पर्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा एक–एक विकेट रह्यो ।
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिर…
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्बभन्दा बढी योगदान रकम जम्मा
नियतन्त्रणमा लिइएका ७७९ इभीबारे छानबिन गर्न बालेनले गठन गरे समिति, को को ता…
सातामै साढे १८ हजारले बढ्यो सुनको भाउ
बालाजु प्रहरी कार्यालय पुगे सुधन गुरुङ
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
प्रतिक्रिया