रास्वपा झापा सभापतिमा भण्डारी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ ।
गए राति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ३४१ मतका साथ आफ्ना दुई जना प्रतिस्पर्धीलाई पराजित गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनाली २५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका हुनुभएको छ । उहाँले २१० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लीला खड्काले १११ मत र देव सङ्ग्रौलाले ९३ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा विरोध सुवेदी निर्वाचित भएका हुनुभयो । सुवेदीले ३६८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रविन खड्काले २३५ मत गर्नुभयो । सहसचिव पदमा भीमबहादुर कुँवर ३५२ मतसहित विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गर्नुभयो ।
जातीय ‘क्लस्टर’तर्फको सदस्य पद राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित हुनुभएको छ । उक्त पदका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गर्नुयो ।
खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित हुनुभएको छ
। अधिवेशनले क्षेत्रीय नेतृत्व पनि चयन गरेको छ । क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लीलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुडामणि पाठक निर्वाचित हुनुभयो ।
प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनु…
रुसमा युक्रेनको भीषण ड्रोन आक्रमण
एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
आज रास्वपाको जिल्ला अधिवेशन यी २८ जिल्लामा
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
ककरोच पार्टीले मोदीलाई दियो सात दिनको अल्टिमेटम
४० अर्बभन्दा बढी लगानीमा भित्रिँदै ६ मेरियट फ्रेन्चाइज्ड होटल, ४ नयाँ ब्रान्ड थप…
प्रतिक्रिया