नियतन्त्रणमा लिइएका ७७९ इभीबारे छानबिन गर्न बालेनले गठन गरे समिति, को को तानिदै छन्?
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनबारे छानबिन गर्न सरकारले संयुक्त समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन, राजस्व संरक्षण र कानुन कार्यान्वयनको विषयमा गम्भीर रहेकाले तत्कालै समिति बनाएर प्रक्रिया अघि बढाइएको हो ।
दाहालका अनुसार समितिले सवारीसाधन नियन्त्रणमा लिइएका स्थानमै पुगेर स्थलगत छानबिन सुरु गरिसकेको छ ।
उनले भनिन्, ‘सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सारसम्बन्धी सबै कानुनी कागजातहरूको सूक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ । छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन हामी अनुरोध गर्दछौँ ।’
नियन्त्रणमा लिइएका सवारीसाधनको आयात प्रक्रिया, भन्सार मूल्यांकन, कर तिरेको अवस्था र कानुनी कागजातहरूको विस्तृत परीक्षण हुने बताइएको छ ।
सरकारले राज्यको अर्थतन्त्र र राजस्व प्रणालीलाई बलियो बनाउन कुनै पनि प्रकारको कर छलीप्रति शून्य सहनशीलता अपनाउने संकेत गरेको छ
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्बभन्दा बढी योगदान रकम जम्मा
सातामै साढे १८ हजारले बढ्यो सुनको भाउ
बालाजु प्रहरी कार्यालय पुगे सुधन गुरुङ
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने
प्रधानमन्त्रीविरुद्ध श्रम संस्कृतिको विरोध ,पार्टीको प्रदर्शन!
दार्चुलामा रक्तदाता समूह पहिचान अभियान
प्रतिक्रिया