बालाजु प्रहरी कार्यालय पुगे सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ शनिबार (जेठ २३) दिउँसो बालाजु प्रहरी कार्यालयमा पुगेका छन् । उनले हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् ।

नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको हत्यापश्चात् गुरुङ त्यहाँ पुगेका हुन् । शुक्रबार (जेठ २२) राति आफ्नै श्रीमान् ‘नेपाली ब्रो’ भनेर समेत चिनिने कुमार थापामगरले भुजेलको हत्या गरेका थिए ।

सांसद गुरुङले प्रहरीलाई सत्यतथ्यसहित छानबिन गर्न अनुरोध गरेका उनको सचिवालयले जनाएको छ ।

गुरुङले भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । गोरखाकी भुजेल गुरुङकै निर्वाचन क्षेत्रकी बासिन्दा भएको सचिवालयले जनाएको छ ।