ट्रम्पको १७ महिने कार्यकालमा चार हजार ६०० भारतीय अमेरिकाबाट डिपोर्ट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिने कार्यकालमा ठूलो संख्यामा भारतीय नागरिक अमेरिकाबाट निष्काशित गरिएको छ । ट्रम्पले कार्यभार सम्हालेयताका १७ महिनामा ४ हजार ६०० भन्दा बढी भारतीय अमेरिकाबाट देशनिकाला (डिपोर्ट) हुँदै भारत पुर्याइएका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
उनले सन् २०२६ मा अहिलेसम्म एक हजार ७६ जना भारतीय नागरिकलाई अमेरिकाबाट भारत फर्काइएको जानकारी दिए ।
यसैगरी सन् २०२५ मा कुल ३ हजार ५६७ जनालाई अमेरिकाले देशनिकाला गरेको थियो । ट्रम्पको प्रशासनले आप्रवासनको मुद्दा प्रमुख र संवेदनशील राजनीतिक विषका रूपमा उठाउँदै आएको छ ।
भारतीय विदेश मन्त्रालयले गैरकानुनी रूपमा विदेशमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई फिर्ता लिनु सबै देशको दायित्व भएको बताएको छ ।
तर, यो प्रक्रिया सम्बन्धित व्यक्तिको राष्ट्रियता प्रमाणीकरण भएपछि मात्र लागु हुने उसको भनाइ छ ।
भारतले ‘यो भारतले मात्र अपनाएको नीति नभई अन्तर्राष्ट्रिय सम्बन्धमा सर्वस्वीकार्य सिद्धान्त रहेको’ भन्दै बचाउ गर्दैआएको छ ।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका, भिसाको अवधि सकिएर पनि बसेका वा बिना कुनै कागजात बसोबास गरिरहेका व्यक्तिहरूलाई अमेरिकाले डिपोर्ट गरिरहेको छ ।
भारतले अमेरिकाले डिपोर्ट गर्न खोजेका व्यक्तिहरूको सूची आफ्ना एजेन्सीहरूले सुक्ष्म रूपमा हेर्ने, छानबिन र प्रमाणीकरणमा भारतीय नागरिक पुष्टि भए मात्रै स्वीकार गर्ने गरेको जनाएको छ ।
राससकर्मी पौडेल पुरस्कृत
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्…
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने
परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवाइलेबीच भेटवार्ता
एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
प्रतिक्रिया