‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग, प्रहरी चौकी पुगेर भेटे मृतककी आमा र दिदी
पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।
भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच शनिबार दिउँसो गुरुङ प्रहरी कार्यालय नै पुगेका छन् । उनले प्रहरीले सत्यतथ्य छानबिन गर्नका लागि आग्रह पनि गरे ।
गुरुङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।
मृतक भुजेल गोरखा निवासी हुन् । गुरुङ पनि गोरखाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।
विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवाइलेबीच भेटवार्ता
एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
ट्रम्पको १७ महिने कार्यकालमा चार हजार ६०० भारतीय अमेरिकाबाट डिपोर्ट
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध काठमाडौँको माइतीघर मण्डलमा प्रर्दशन
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा
राष्ट्रसेवक ईश्वरी भुजेलको दुःखद अन्त्य
प्रतिक्रिया