राष्ट्रसेवक ईश्वरी भुजेलको दुःखद अन्त्य
४२ वर्षीया ईश्वरी भुजेल नेपाली सेनामा कार्यरत एक राष्ट्रसेवक थिइन्। दुई छोराको भविष्यका लागि संघर्षरत उनी वैवाहिक जीवनमा भने विभिन्न समस्या र तनाव झेलिरहेकी थिइन्। परिवारका अनुसार श्रीमान् कुमार थापाको व्यवहार र दुर्व्यवहारका कारण पीडित बनेपछि उनले कानुनी रूपमा सम्बन्ध अन्त्य गर्न डिभोर्स प्रक्रिया अघि बढाएकी थिइन्।
प्राप्त जानकारीअनुसार डिभोर्स प्रक्रिया अन्तिम चरणमा पुगेको थियो र छिट्टै सम्बन्ध विच्छेद हुने तयारी भइरहेको थियो। तर प्रक्रिया पूरा हुन नपाउँदै उनको दुःखद निधन भएको छ। आरोप अनुसार श्रीमान् कुमार थापाले आक्रमण गरी उनको ज्यान लिएका हुन्।
घटनाले परिवार, आफन्त तथा समाजलाई स्तब्ध बनाएको छ। दुई छोरालाई टुहुरो बनाउँदै राष्ट्रसेवक ईश्वरीको जीवन दुखद रूपमा अन्त्य भएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक दुःख व्यक्त भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने
परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवाइलेबीच भेटवार्ता
एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
ट्रम्पको १७ महिने कार्यकालमा चार हजार ६०० भारतीय अमेरिकाबाट डिपोर्ट
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध काठमाडौँको माइतीघर मण्डलमा प्रर्दशन
प्रतिक्रिया