सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा
उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै जगेडामा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा तानेको हो।
सरुवासँगै उनलाई कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पुस्करको स्थानमा हालसम्म नयाँ सचिव खटाइएको छैन। उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव पठाउने तयारी भइरहेको बताइएको छ। पुस्करलाई बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई व्यक्तिगत सन्देश पठाएको विषयमा प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा केरकार गरेको थियो। लामो सोधपुछपछि उनी रिहा भएका थिए।
प्रहरीको केरकारबाट मुक्त भएको भोलिपल्टै सरकारले उनलाई जिम्मेवारीबाट अलग गर्दै जगेडामा राख्ने निर्णय गरेको हो। यद्यपि सरुवा र जगेडामा राख्ने निर्णयको कारणबारे सरकारले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन। प्रशासनिक वृत्तमा भने केरकारलगत्तै भएको यो निर्णयलाई चासोका साथ हेरिएको छ। प्रहरी नियन्त्रणमा परेपछि उनीमाथि थप प्रशासनिक कारबाहीको संकेतस्वरूप सरुवा गरिएको हो वा नियमित प्रशासनिक निर्णय हो भन्ने विषयमा विभिन्न चर्चा चलिरहेका छन्।
हालसम्म प्रधानमन्त्री कार्यालय र उपराष्ट्रपति कार्यालय दुवैले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर, जिम्मेवारीविहीन बनाउँदै प्रधानमन्त्री कार्यालयमा तानिएको निर्णयले निजामती प्रशासनभित्र विभिन्न प्रश्न उठाएको छ।
पुस्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशमा जान एक महिनाभन्दा कम समय बाँकी रहँदा उनलाई सक्रिय जिम्मेवारीबाट हटाएर जगेडामा राखिएको निर्णयलाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया