रास्वपा धनुषा चारनाथ नगरपालिकाको अधिवेशनमा विवाद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनको विषयलाई लिएर उत्पन्न आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएको भन्दै असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावना विपरित विवादित समितिलाई आधिकारिकता दिन खोजेको असन्तुष्ट पक्षको आरोप छ ।
गणेशमान चारनाथ नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि विवादले उग्र रूप लिएको हो । नगर सभापति राकेश यादवले दुवै पक्षद्वारा गरिएका अधिवेशनहरू खारेज गरी नयाँ मिति तय गरेर निष्पक्ष रूपमा पुनः अधिवेशन गराउनुपर्ने माग राखेका छन् ।
असन्तुष्ट पक्षकाअनुसार निर्वाचन आयोगले २०८१ जेठ १९ गते अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको अवज्ञा गर्दै प्रतिक नेपाल पक्षले एकलौटी रूपमा अधिवेशन अगाडि बढाएको उनीहरूको दाबी छ ।
तालाबन्दीमा उत्रिएका कार्यकर्ताहरूले पार्टीभित्र गुट–उपगुट सिर्जना भएको भन्दै केन्द्रीय नेतृत्वले तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन् । उनीहरूले विवादको उचित समाधान नखोजिएसम्म आन्दोलनका कार्यक्रमहरूलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।
भारतको टाटाले चेरीको प्रिमियम ईभी प्लेटफर्मको लाइसेन्स लिन खोज्दै
‘आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ’
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा ता…
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
प्रतिक्रिया