‘आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ’
सरकारले घोषणा गरेको आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । स्पा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘स्पा सेवा मापदण्ड तथा व्यावसायिक आचरणसम्बन्धी कार्यक्रम’मा आरोग्य पर्यटन प्रवर्द्धनमा स्पा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा सङ्घका अध्यक्ष सुरेश पुरीले नेपाल सरकारले घोषणा गरेको आरोग्य पर्यटन वर्ष २०२७ लाई सफल बनाउन व्यावसायिक अनुशासन र आचारसंहिता आवश्यक रहेको उल्लेख गर्नुभयो । ग्राहकप्रतिको जिम्मेवारी र सम्मानजनक व्यवहार व्यवसायको जग भएको उहाँको भनाइ छ । “हामीले प्रदान गर्ने सेवा उच्चस्तरीय हुनुपर्छ र हरेक व्यवसायीले आचारसंहितालाई कडाइका साथ पालना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सङ्घका महासचिव अमृत थोकरले शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि योग ध्यान आवश्यक रहेको बताउनुभयो । “सेवाग्राहीलाई गुणस्तरीय सेवा दिनुअघि स्वयं कर्मचारीको जीवनशैली सकारात्मक र सन्तुलित हुन जरुरी छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ स्पा व्यवसायी रामदेव महतोले आयुर्वेद थेरापीमार्फत पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता रहेको बताउनुभयो । तीनदिने उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ३०० भन्दा बढी स्पा व्यवसायी तथा स्पा थेरापिष्टहरूको सहभागिता छ ।
रास्वपा धनुषा चारनाथ नगरपालिकाको अधिवेशनमा विवाद
भारतको टाटाले चेरीको प्रिमियम ईभी प्लेटफर्मको लाइसेन्स लिन खोज्दै
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा ता…
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
प्रतिक्रिया