रास्वपा सभापतिलाई प्रश्न , प्रधानमन्त्री बन्ने हल्ला छ नि ?, जवाफमा भने- चुनावअघिको सहमतिमा अडिग छौं
रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताएका छन् ।
पाँच दिने भारत भ्रमण सकेर फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए ।
उक्त विषयमा सञ्चारकर्मीले जवाफ खोजेका थिए ।
लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।’
उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए ।
‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं,’ उनले भने ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम
अर्थमन्त्री वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको छौँ, एकदमै सु…
हुम्लामा आगलागी हुँदा तीनतले घर जलेर नष्ट
नेपालमा उबरको आधिकारिक सेवा सुरु, बाइक र कार सञ्चालनमा
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन सिधा उडान
रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटना
सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको स्याटेलाइट खरिद प्रकरणबारे छान…
प्रतिक्रिया