प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे रवि– परराष्ट्रकै जवाफ आधिकारिक हो

 सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् ।

सरकार प्रमुखले दिएको अभिव्यक्ति विवादित भएपछि सरकारकै निकायबारे आधिकारिक जवाफ आएको भन्दै उनले आफ्नो छुट्टै धारणा भने दिएनन् ।

यस्ता विषयहरू पार्टीको विशेष नहुने पनि उनको भनाइ थियो ।

‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री भएको हुनाले सरकारले त्यसको बारेमा परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ । त्यो नै सरकारको धारणा हो ।’

परराष्ट्रले उक्त धारणा दिइसकेपछि त्यसबारे धेरै भन्न नपर्ने उनको भनाइ थियो ।

‘परराष्ट्र मन्त्रालयले हामीले भन्न खोजेको के हो, त्यसको वास्तविकता यो हो भनेर आधिकारिक रुपमा जानकारी गराइसकेपछि त्यो भन्दा धेरै खोज्न पर्ने जस्तो लाग्दैन,’ लामिछानेले भने ।