सीमा विवादबारे रविको जवाफ– कूटनीतिक विषय हो, ढोल बजाएजस्तो गर्न हुँदैन
। रास्वपा सभापति रवि लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएका छन् ।
पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने बताए ।
विमानस्थलमा लामिछानेलाई सीमा विवादबारे प्रश्न गरिएको थियो । उनले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि बढ्ने बताए ।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ उनले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’
कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि उनले आग्रह गरे ।
‘कूटनीतिको विषय देशको सबैभन्दा धेरै जनाले पतयाएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय त्यसका जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको धेरै महत्व हुँदैन,’ उनले भने ।
लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको उनको भनाइ छ ।
‘लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ । कूटनीतिका पनि चरण हुन्छ । त्यसका चरणमा सहि ठाउँमा त्यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो आज पनि राख्छ,’ उनले भने ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम
अर्थमन्त्री वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको छौँ, एकदमै सु…
हुम्लामा आगलागी हुँदा तीनतले घर जलेर नष्ट
नेपालमा उबरको आधिकारिक सेवा सुरु, बाइक र कार सञ्चालनमा
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन सिधा उडान
रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटना
सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको स्याटेलाइट खरिद प्रकरणबारे छान…
प्रतिक्रिया