बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
बिहारको सबैभन्दा ठूलो प्रसाद अस्पतालको आईसीयू वार्डमा आगलागी भएको छ। बिहीबार बिहान भएको आगलागीमा धेरै बिरामीहरूको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अस्पतालमा ४ बिरामीहरूको शव फेला परेको समाचारमा उल्लेख छ ।
१५ जनालाई अस्पतालबाट बाहिर निकालिएको छ। सबैलाई शहरका विभिन्न अस्पतालहरूमा लगिएको छ। तीमध्ये धेरैजसोको मृत्यु भएको आशंका गरिएको छ।
अस्पतालको पाँचौं तल्लामा रहेको आईसीयूमा सर्ट सर्किटका कारण आगलागी भएको हो । बिरामीका आफन्तका अनुसार, आगलागी भएपछि अस्पतालका कर्मचारी र डाक्टरहरू भागेका थिए ।
लगभग एक घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो।
त्यहाँ १३ शय्याहरू थिए, जसमा १५ बिरामीहरू थिए। आइसीयू वार्ड इन्चार्ज पनि आगलागीमा जलेर नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया