ट्रम्पको दाबी: इरानसँग एक हप्ताभित्र सम्झौता हुन सक्छ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र इरानसँग सम्झौता हुन सक्ने दाबी गरेका छन्।
उनका अनुसार त्यस सहमतिमा युद्धविराम लम्ब्याउने र हर्मुज स्ट्रेट खोल्ने कुरा पनि हुनेछन्।
एबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘परिस्थिति राम्रो देखिएको छ, धेरै राम्रो।’
यस क्रममा उनले आफ्नो अनुरोधमा लेबननको हेजबुल्लाह र इजरायल एकअर्काविरुद्ध आक्रमण रोक्न राजी भएको पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘मैले हेजबुल्लाहसँग कुरा गरेँ र गोली नहान्न भनेँ। मैले (इजरायलका प्रधानमन्त्री) नेतन्याहुसँग पनि कुरा गरेँ र गोली नचलाउन भनेँ। दुवैले एकअर्कामाथि गोली हान्न बन्द गरे।’
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
प्रतिक्रिया