प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकमा विपक्षी दलको अवरोधले १५ मिनेटका लागि स्थगित भएको थियो ।
१५ मिनेटका लागि स्थगित बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभा बैठक मंगलबार १ बजेका लागि बस्ने गरी सूचना टाँसेका हुन् । ’विशेष कारणले’ बैठक बस्न नसक्ने भन्दै सूचना टाँसिएको हो ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले जवाफ माग गरिरहेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले उक्त भनाइ फिर्ता लिनुपर्ने, संसद्को रेकर्डबाट हटाउनुपर्नेलगायत माग राखेर प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा भारतले नेपालको भूमिमात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
नेपालले जित्यो ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ
प्रतिक्रिया