रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हुन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव गरेका छन् । सोमबार (जेठ २५) सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने उनले बताए । लामिछानेकै आह्वानमा सर्वदलीय बैठक बसेको हो ।
तर, उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा जवाफ नदिने स्पष्ट पारे । “परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु,” उनले भने, “प्रधानमन्त्री बोल्नु हुन्न ।”
नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेनले संसद्मा दिएको अभिव्यक्ति र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाप्रति विपक्षी दलको विमति छ । यही विषयमा विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।
उनीहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पनि विपक्षी असन्तुष्ट छन् ।
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
चीनद्वारा विश्वकै ठूलो पूर्ण विद्युतीय कार्गो जहाज सञ्चालन!
एसियन गेम्स छनोटको फाइनलः नेपालले टस जित्यो
प्रतिक्रिया