बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गर्दै बस नरोकि हुइँकिएपछि तत्काल गर्यो प्रहरीले गर्यो का'रवाही

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गर्दै बस नरोकि हुइँकिएपछि तत्काल गर्यो प्रहरीले गर्यो का'रवाही

लेखनाथमा सार्वजनिक बस चढेर आफ्नो गन्तव्यतर्फ जान खोजिरहेका बौद्धिक बहिरा अपाङ्गता भएका कृष्ण थापाले बस रोक्न संकेत गरे… तर चालकले उनको अवस्था देखेर पनि बस नरोकि अघि बढेको दृश्यले धेरैको मन दुखायो। 

आफूलाई पटक–पटक बेवास्ता गरिएको पीडापछि कृष्ण थापाले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका थिए। उनको त्यो पीडा भरिएको शब्द अहिले हजारौं मानिसको मन छोइरहेको छ।

उनले लेखेका छन् :

“म बौद्धिक बहिरा अपाङ्गता भएको व्यक्ति हुँ। आज लेखनाथमा सार्वजनिक बस चढेर आफ्नो गन्तव्यतर्फ जान खोज्दा मैले बस रोक्न संकेत गरेँ। तर चालकले मेरो अपाङ्गता देखेर बस नरोकि हुइकियो । यो घटनाले मलाई निकै दुःखी र निराश बनायो? के म यो देशको नागरिक होइन? के मलाई सार्वजनिक यातायात प्रयोग गर्ने अधिकार छैन? अपाङ्ग व्यक्तिका अधिकारसम्बन्धी महासन्धि (CRPD) र नेपालको अपाङ्गता अधिकार ऐनले सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा किन कार्यान्वयन हुँदैनन्? सार्वजनिक यातायात सबै नागरिकका लागि समान, सम्मान अधिकार हुनेछ । सम्बन्धित निकायको ध्यान जाओस ।”

 उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले आक्रोश व्यक्त गरेका थिए। त्यसपछि प्रहरीले सम्बन्धित सार्वजनिक सवारी साधनमाथि कारवाही गरेको बताइएको छ।

 अपाङ्गता भएका व्यक्तिलाई यसरी हेलाँ गर्नु केवल एउटा व्यक्तिको अ'पमान होइन, मानवताको संवेदनामाथिकै चो'ट हो। उनीहरूलाई दया होइन, समान सम्मान र अधिकार चाहिन्छ।