संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सो माग गरेका हुन् ।
उनले भने, ‘करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ? सचिवलाई पनि थाहा हुँदैन । अर्थमन्त्री र अर्थमन्त्रीज्यूले तोकेका व्यक्तिहरुलाई मात्रै थाहा हुन्छ । सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी केरलाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आउँछ । अनि सरकारले छानविन समिति बनाउँछ । आफैं छानविन समिति बनाउने र कर्मचारीलाई डाम्न खोज्ने ?’
संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए ।
करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने शाहीको भनाइ छ । उनले यसका विषयमा सरकारले नभई संसदले छानबिन समिति बनाउनुपर्ने बताए । सुशासनको माग गरेर आएको सरकारले कुशासनको बाटो नलिन उनले चेतावनी दिए ।
उनले भने, ‘बजेट बन्दाखेरि बजेटका करका दर हेरफेर गर्ने र कर कति हुन्छ भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन । यदी त्यस्तो अपराध गरेको ठहरिएमा राजद्रोहको मुद्दा चल्ने नेपालका कानुनी व्यवस्था छ ।’
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
प्रतिक्रिया