उत्तर प्रदेशको हमीरपुरमा निर्माणाधीन पुल भत्किँदा ६ मजदुरको मृत्यु
भारतको उत्तर प्रदेश राज्यस्थित हमीरपुर जिल्लामा बिहीबार राति निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ । भग्नावशेषमुनि पुरिएका अन्य तीन मजदुरलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
स्थानीय प्रशासनका अनुसार पुल निर्माण कार्य भइरहेको समयमा अचानक संरचना भत्किएको थियो । त्यतिबेला त्यहाँ काम गरिरहेका मजदुरहरू पुलको भग्नावशेषमुनि पुरिए । मृत्यु हुनेमध्ये दुई जना हमीरपुर र चार जना बान्डा जिल्लाका रहेका छन् ।
दुर्घटना राति आएको आँधीबेहरीका कारण भएको हो कि भन्ने प्रश्नमा अतिरिक्त प्रहरी उपरीक्षक अरविन्दकुमार वर्माले घटनास्थलमै अनुसन्धान भइरहेको र जाँचपछि मात्रै वास्तविक कारण खुल्ने बताएका छन् ।
दोषी पाइए कारबाही गरिने पनि उनले बताएका छन् । अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्य रातभर सञ्चालन गरिएको थियो । जेसीबी मेसिनको सहायताले भग्नावशेष हटाएर मजदुरहरूलाई बाहिर निकालिएको हो । घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मापदण्डबारे प्रश्न उठ्न थालेका छन् । जिल्ला प्रशासन तथा लोक निर्माण विभागका अधिकारीहरू घटनास्थल पुगेका छन् । अधिकारीहरूले घटनाबारे छानबिनका आदेश दिइसकेको बताएका छन् ।
जाँच दुर्घटना खराब मौसमका कारण मात्र भएको हो वा निर्माण कार्यमा लापरबाही पनि थियो भन्ने विषयमा केन्द्रित हुने बताइएको छ । बिहीबार राति उत्तर प्रदेशका विभिन्न क्षेत्रमा आँधीबेहरी, वर्षा र चट्याङका घटना भएका थिए । मौसम विभागले यसअघि नै खराब मौसमको चेतावनी जारी गरेको थियो ।
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
प्रतिक्रिया