चीनको दक्षिणी युनान प्रान्तमा दुर्घटना, ११ रेल्वे कर्मचारीको मृत्यु
चीनको दक्षिणपश्चिम युनान प्रान्तमा एउटा रेलले रेलमार्ग मर्मत गर्ने कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
चीनको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका अलजजिराले लेखेको छ ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार बिहीबार बिहानै युनान प्रान्तको राजधानी कुनमिङस्थित लुओयाङझेन स्टेसनमा घुमाउरो रेलमार्गको खण्डमा भूकम्पीय उपकरणको परीक्षणका लागि प्रयोग भइरहेको रेलले कामदारहरूलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि रेलवे अधिकारीहरूले तुरुन्तै आपत्कालीन कार्ययोजना सक्रिय पारे र स्थानीय सरकारसँग मिलेर उद्धार कार्य र घाइतेहरूको उपचारको व्यवस्था गरेका सिन्ह्वाले जनाएको छ ।
विश्वको सबैभन्दा ठुलो रेल सञ्जालमध्ये एक चीनमा हालैका वर्षहरूमा धेरै रेल दुर्घटनाहरू भएका छन्, यद्यपि घातक घटनाहरू भने पछिल्ला दशकहरूमा धेरै कम भएका छन् ।
सन् २०२२ मा गुइझोउ प्रान्तको रोङजियाङ काउन्टी नजिकै पहिरोको भग्नावशेषमा ठोक्किएर एउटा रेल पटरीबाट खसेको थियो, जसमा एक कन्डक्टरको मृत्यु भएको थियो र अन्य आठ जना घाइते भएका थिए । सन् २०२० मै हुनानको केन्द्रीय प्रान्तको चेन्झाउमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो र १२७ जना घाइते भएका थिए ।
चीनको सबैभन्दा ठुलो मानवीय क्षति भएको रेल दुर्घटना सन् २०११ मा भएको थियो । झेजियाङ प्रान्तको वेन्झाउमा एउटा द्रुत गतिको रेल स्थिर लोकोमोटिभसँग ठोक्किएको थियो, जसमा ४० जनाको मृत्यु भएको थियो र करिब २०० जना घाइते भएका थिए । त्यसअघि २००८ मा पूर्वी चीनको शान्डोङ प्रान्तको जिबो नजिकै दुई यात्रुवाहक रेल ठोक्किँदा करिब ६६ जनाको मृत्यु भएको थियो ।
थवाङ दुर्घटना - मृतकको संख्या २० पुग्यो
लमजुङ दुर्घटना: मृतक र घाइतेको खुल्यो परिचय
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
निर्वाचन कर्मचारी सवार जिप दुर्घटना : एक जनाको मृत्यु
धादिङ दुर्घटना : एक जनाको मृत्यु, २ जना घाइते
रामेछाप बस दुर्घटन : मृतकको संख्या १२ पुग्यो
धादिङ चालिसेको दुर्घटनामा ३५ जना घाइते
प्रतिक्रिया