धादिङ चालिसेको दुर्घटनामा ३५ जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
काठमाडौंबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कूल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए ।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी छन् । चितवनको स्कूल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थवाङ दुर्घटना - मृतकको संख्या २० पुग्यो
लमजुङ दुर्घटना: मृतक र घाइतेको खुल्यो परिचय
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
निर्वाचन कर्मचारी सवार जिप दुर्घटना : एक जनाको मृत्यु
धादिङ दुर्घटना : एक जनाको मृत्यु, २ जना घाइते
रामेछाप बस दुर्घटन : मृतकको संख्या १२ पुग्यो
चीनको दक्षिणी युनान प्रान्तमा दुर्घटना, ११ रेल्वे कर्मचारीको मृत्यु
प्रतिक्रिया