संचार विधेयकको विरोधमा पत्रकार र प्रहरीबीच घम्साघम्सी
कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ ।
संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो ।
विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ कोसीका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताए ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया