पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको छ : कांग्रेस सहमहामन्त्री आङ्दम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दम्बेले आदिवासी/जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा पहिचान गुमाउँदै गएको उल्लेख गरे ।
‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै एकखाले नेताहरूलाई यसले जातीयताको मात्र कुरा गर्यो भन्ने लाग्छ तर त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ । पार्टीको पनि हुन्छ । नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ । त्यो हामीले भुल्नु भएन,’ सहमहामन्त्री आङ्दम्बेले भने, ‘हिमाल, पहाड र तराईका संवेदनशीलताहरूको एकमुष्ठ निष्कर्ष नै पार्टीको पहिचान हो ।’
सहमहामन्त्री आङ्देम्बेले पार्टीले आफ्नो पहिचान चिन्ने कोसिस नगर्दा थप कमजोर बन्दै गएको उल्लेख गरे । संघ, प्रदेश र स्थानीय तहमा पहिलो पार्टीको रूपमा रहे पनि त्यसको अनुभूति गर्न नसक्नुको प्रमुख कारण नै कमजोर पहिचान भएको उनले बताए ।
‘सबै जातजाति र समुदायको प्रतिनिधित्व भए पार्टी हारे पनि जितेको महसूस गर्न सकिन्छ । थप ऊर्जा र उत्साहका साथ आउने दिनलाई जीतमा परिणत गर्न सजिलै सकिन्छ । त्यसकारण पार्टीले आफ्नो पहिचानको खोजी गर्न सक्नुपर्छ,’ उनले भने ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया