ब्यापारिक सटरहरुको स्वामित्व दिने भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौंमा ब्यापारिक सटरहरुको स्वामित्व दिने भन्द ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कलंकी ट्रेड सेन्टरका ब्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी भएको भन्दै डा. विमला भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले गत शनिबार पक्राउ गरेका अन्य ५ जनामा काठमाडौं महानगरपालिका–१६ का राजु महर्जन, ललितपुर कुपण्डोलका राजेशकृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका–१३ बस्ने निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ बस्ने चिरञ्जीवि पौडेल र टोखा नगरपालिका–७ बस्ने शान्तिरमण पंगेनी रहेका छन् । उनीहरुविरुद्ध ठगी मुद्दामा अुनसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया