नवलपरासीमा गोहीको आक्रमणबाट एकको मृत्यु

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान मध्यविन्दु नगरपालिका-२ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलका अनुसार ७२ वर्षीय मिलबहादुर थारूमाथि गोहीले आक्रमण गरेको थियो।

थारू बिहान नुहाउन नदीमा गएका थिए। नदीमा रहेको गोहीले आक्रमण गर्दा थारूको मृत्यु भएको हो।

अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन निकुञ्ज लगिएको छ।