बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप
बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप भएको छ।
सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको थियो। तर नेकपा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) लगायत दलबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि झडपको स्थिती सिर्जना भएको हो।
आज बिहानैदेखि एमाले, कांग्रेस र लोसपा निकट वडाध्यक्षहरुले अवरोध गर्ने तयारी गरिरहेका थिए। नगरसभा हलमा जीतपुर सिमराका नगरप्रमुख राजन पौडेल प्रवेश गर्नासाथ उनीहरुले हुलदङ्गा गरेका गरेका हुन्। उनीहरुले त्यहाँ रहेका कुर्सी, सोफा र मञ्च समेत तोडफोड गरेपछि नगरसभा स्थगित भएको छ। प्रमुख पौडेललाई नगरप्रहरीहरुले पहरा दिएर हलबाट बाहिर निकालेका थिए।
पौडेल गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। त्यसो त यसअघि पनि एमाले, माओवादी, लोसपा र एकीकृत समाजवादीले नगरसभा बैठक बहिस्कार गर्दै आइरहेका थिए। यसअघि पनि नगरसभा बैठक बोलाइएकोमा अन्य दलका जनप्रतिनिधिहरुको असहयोगका कारण स्थगित भएको थियो।
झडपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया