भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढेकाे वीर्य किसानलाई उपलब्ध गराउने
पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने छ ।
पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयका अनुसार ६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको छ । ‘आजको कलेक्सन हामीले ऐतिहासिक हो । स्थापना कालदेखि सबैभन्दा बढी वीर्य सङ्कलन गरेका छौँ,’ उनले भने, ‘अझै हामीले दुई पटकसम्म कलेक्सन गर्छौ, साउनदेखि किसानलाई उपलब्ध गराउने छौँ।’
गत ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ ।
मोबाइलमा एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा व्यक्तिको बैंक खाताबाट रातभरमै साढे…
अराघचीका अनुसार युद्धपछि सुरु यद्यपि २४ अर्ब डलर तुरुन्तै खुल्ने विषयमा अमेरि…
भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
प्रतिक्रिया