नेपालकाे टी–२० वरीयतामा एक स्थान खस्कियाे
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी–२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७औँबाट १८औँ स्थानमा झरेको हो ।
नेपाल एक वरीयता खस्कँदा अमेरिका १७औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी–२० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ ।
टिमको वरीयता खस्किए पनि नेपाली टिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी–२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् । योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् ।
दीपेन्द्र विगतमा पनि अलराउन्ड वरीयताको नवौँ स्थानसम्म पुगेका थिए । उनले अलराउन्ड वरीयतामा दक्षिण अफ्रिकाका एडन मार्कम, पाकिस्तानका सादब खान, वेस्ट इण्डिजका रोमारियो सेफर्ड, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, भारतका अक्षर पटेललगायत चर्चित खेलाडीलाई पछि पारेका छन् ।
टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
प्रतिक्रिया