रुसको शक्ति प्रदर्शनः क्युबा पुग्यो रुसी युद्धपोत, अमेरिकाको नजर !
रुसी नौसैनिक जहाजको एउटा फ्लीट क्युबा पुगेको छ ।
क्युबा नजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढेको छ ।
अमेरिकी अधिकारीहरूले ती जहाजहरूमा नजर राखेको बताएका छन्। तर, अमेरिकाले पनि यी जहाजहरूले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ ।
क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए। यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक संचालित पनडुब्बी पनि समावेश छन्।
क्युवा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ। यी जहाजहरू आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछन्। यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया