बजेट एकीकृत योजना केन्द्रित हुनुपर्छ
काठमाडौँ, ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीमा छोरी खाता कार्यक्रम लागू गरेको बताउनुभयो ।
सांसद शाहीले सङ्घीय बजेटले महिलालाई आत्मनिर्भर बनाउन कन्जुस्याइँ गर्न नहुने उल्लेख गर्नुभयो । साथै, ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न र उहाँहरुको ज्ञान युवापुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । बजेटमा देश विकासको एकीकृत योजना हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सहरी विकास मन्त्रालयले रु एक लाखदेखि रु ५० हजारसम्मका टुक्रे बजेट ल्याएको टिप्पणी गर्दै सांसद शाहीले यस्ता योजना नतिजामुखी कार्ययोजना नहुने बताउनुभयो । टुक्रे बजेट आउनुमा अर्थमन्त्री वर्षमान पुनको दोष नभई विधि र प्रक्रियाको रहेको बताउनुभयो ।
“विकासका नयाँ मोडलमा योजना बन्नुपर्छ । टुक्रे बजेटले उपलब्धि पाइँदैन”, सांसद शाहीले भन्नुभयो, “हाम्रो देशको बजेट अनुत्पादित क्षेत्रमा बढी भयो । उत्पादितमा लगानी गर्नुपर्छ ।” उहाँले बजेट देशको साझा मुद्दा भएको हुँदा सबै सांसद र नेतृत्वले यसको सही सदुपयोग गर्न बृहत् छलफल गर्न आवश्यक रहेको बताउनुभयो । ऋण लिएर अनुत्पादित क्षेत्रमा लगानी गर्नु हुँदैन भन्ने उहाँको धारणा छ । साथै आर्थिक कारणले महिलामाथि हिंसा बढेको उल्लेख गर्दै सांसद शाहीले न्यूनीकरणका लागि महिला लक्षित कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया