वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

मधेश सरकार जोगाउन प्रचण्ड सरकारमै रहन चाहन्छन् उपेन्द्र यादव, गठबन्धनले के गर्ला ?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवमा प्रधानमन्त्री हुने लोभ पलाएको नतिजा जसपा फुटिसकेको छ। नेपाल आफ्नो पार्टी एकीकृत समाजवादी पनि नफुटोस् भनेर नेताहरुसँग छलफल गरिरहेका छन्। अशोक राईले नयाँ जसपा गठन गरेपछि अब यादवले सरकार छाड्ने आकलन प्रधानमन्त्री पुष्पकमल दाहालमा थियो। र, जसपाले केन्द्र सरकार छाड्दा मधेश सरकार आफूहरुले नेतृत्व गर्ने दाउमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए। मधेशमा जसपा नेतृत्वमा सरकार रहे पनि एमाले पहिलो दल हो।

तर, उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका यादव भने सरकार छाड्न तयार छैनन्। बरु उनी यही सरकारमा रहन चाहन्छन्। एमाले र माओवादीको समर्थन विना जसपाले मधेसमा सरकार बनाउन सक्दैन, उसँग १९ सिट मात्र छ। अझ त्यसमा पनि अशोक राई समूहले पार्टी नै फुटाएपछि मधेश प्रदेशमा पनि सांसद विभाजन हुनेछन्। केन्द्रमा राईतिर सात र यादवतिर पाँच सांसद मात्र छन्। मधेशमा पनि त्यही हालत हुने देखेपछि यादव भने प्रचण्ड नेतृत्वकै सरकारमा रहने बताइरहेका छन्। उनले मंगलबार मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू गठबन्धनमै रहेको र सरकारबाट नबाहिरने बताएका छन्।

https://barnanmedia.com/news/detail/174819/

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।  

यस वर्षको आमाको मुख हेर्ने औँसी बुधबारशास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

https://barnanmedia.com/news/detail/174820/

आज कानुन दिवस, देशैभरका अदालत बिदा

आज कानुन दिवसकाे अवसरमा  सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शुभकामना दिनुभएकाे छ।

प्रदेश सरकारले दिएको सोमबारको बिदा अस्वीकार गरेको नेपालको न्यायालयले आफ्नै पात्रो अन्तर्गत आज बैशाख २६ मा भने कानुन दिवस मनाइरहेको छ । कानुन दिवसको दिन सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालत लगायतका सम्पूर्ण न्यायिनक कार्यालयहरुमा बिदा दिइएको छ ।

https://barnanmedia.com/news/detail/174826/

न्यायमूर्तिहरुलाई प्रश्नः कानुन दिवस मनाउने कि न्याय दिवस ?

आज देशभरका न्यायालयमा कानुन दिवस मनाइँदै छ । अदालतहरुमा बिदा दिइएको छ । न्याय सम्पादनको काम ठप्प पारी कानुन दिवस मनाउन हिँडेका न्यायमूर्ति र न्यायालयहरुले हाम्रो ‘न्याय’को विरोधाभासको खास चित्र प्रस्तुत गर्छ ।

हो, न्याय दिने प्रक्रिया कानुन हो । अन्याय हुन नदिने सुनिश्चितता पनि कानुन हो । कानुनले नै न्यायको सुनिश्चितता प्रदान गर्छ । तर, कानुन नै साध्य होइन । यो साधन मात्र हो । अन्तिम साध्य त न्याय हो नि । 

https://barnanmedia.com/news/detail/174829/

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो ।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

गायिका मेनुका पौडेलको आँखामा शल्यक्रिया , चस्मा नलगाई हिँडडुल गर्ने सक्नुहुने

काठमाडौँको तिलगंगा आँखा प्रतिष्ठानमा आइतबार गायिका पौडेलको आँखाको शल्यक्रिया  गरिएको हो।  गायिका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले जानकारी दिए। 

डा. रुइतका अनुसार यो शल्यव्रिmयापछि गायिका पौडेल चस्मा नलगाई हिँडडुल गर्न भने सक्नेछिन् । शल्यक्रिया गरिएको आँखा पूर्ण रूपमा निको हुन झण्डै हप्ता लाग्ने चिकित्सकले बताएका छन्।

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् । 

नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताउनुभयो । उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो । 

सांसद शर्माको सहयोगमा नाग्मामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना,साढे १६ सय बिरामीको उपचार (फोटोफिचर)

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कालीकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

तिलगुफा नगरपालिका नाग्माको नगर अस्पतालमा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा १६ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।  बिरामीमध्ये १०३ जनाको ईसीजी, २११ जनाको ल्याब परीक्षण र १५५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

https://barnanmedia.com/news/detail/174848/

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । 

सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मकवानपुरमा आय विवरण नबुझाउने करदाता ५० प्रतिशत, कारबाही प्रक्रियाअघि बढाइदै

आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अघि बढाएको हो । 

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । “आर्थिक वर्ष २०७९/८० र सो भन्दा अघिल्लो आर्थिक वर्षको आय विवरण नबुझाउने करिब १७ हजार करदाता छन्”, प्रमुख कर अधिकृत तुलसीप्रसाद भट्टराईले भन्नुभयो, “त्यसैले आयविवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारवाही प्रक्रिया सुरु गरेका छाँै ।” पहिलो चरणमा आय विवरण नबुझाउने करदाताहरुलाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु उपलब्ध नगराईने उहाँको भनाई छ । 

झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो । 

पूर्वको काँकडभिट्टादेखि पश्चिममा मावाखोलासम्मको एक सय ४४ किलोमिटर राजमार्ग क्षेत्रमा विभिन्न ठाउँमा हेल्प डेस्क र जाँच चौकी खडा गरी ट्राफिक सचेतना प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । 

लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार

 बागमती प्रदेश सरकारले लोपोन्मुख, सिमान्तकृत र अपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाती, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारलगायतलाई निशुल्क स्वास्थ्य बीमा गराएको हो ।

https://barnanmedia.com/news/detail/174868/

वर्षापछि वायु प्रदूषण घट्दै

 सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ ।  ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ । सो तथ्याङ्क अनुसार मङ्गलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो। 

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२ औँ स्थानमा उक्लिएको छ । आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचिकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५९ पुगेको छ । जसलाई अस्वस्थ वायु मानिन्छ । यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कङ्गो छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५२ पुगेको छ । 

एस्ट्राजेनेकाको ठूलो निर्णय, विश्वभरका बजारबाट कोभिड भ्याक्सिन फिर्ता गरिने

फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको छ ।

कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ। एस्ट्राजेनेकाका अनुसार कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि माग घटेको छ।

https://barnanmedia.com/news/detail/174902/