सांसद शर्माको सहयोगमा नाग्मामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना,साढे १६ सय बिरामीको उपचार (फोटोफिचर)

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कालीकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

तिलगुफा नगरपालिका नाग्माको नगर अस्पतालमा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा १६ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।  बिरामीमध्ये १०३ जनाको ईसीजी, २११ जनाको ल्याब परीक्षण र १५५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

८७ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ६९ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा. शर्मा, समाजसेवी सुभाष पोखरेल र केएमसीका महाप्रबन्धक दाहालले सम्बोधन गरेका थिए ।  डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

 

kmc-81-01-21 (1).jpg

kmc-81-01-21 (2).jpg

 

kmc-81-01-21 (4).jpg

kmc-81-01-21 (5).jpg

kmc-81-01-21 (6).jpg

kmc-81-01-21 (7).jpg

kmc-81-01-21 (8).jpg

kmc-81-01-21 (9).jpg

kmc-81-01-21 (10).jpg

kmc-81-01-21 (11).jpg

kmc-81-01-21 (12).jpg

kmc-81-01-21 (13).jpg

kmc-81-01-21 (14).jpg