गगनका काण्ड पर्दाफास गरे रविले, देउवा पत्नी आरजुलाई पनि छाडेनन्

सहकारी ठगी प्रकरणमा कोही राजनीति दुस्मन छन् भने ति हुन् रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापा। यी दुई पात्र अचम्मका छन्। ०७९ को आमनिर्वाचनमा काठमाडौं ४ मा गगन हार्ने निश्चित थियो। तर, रविले आफ्ना उम्मेदवार उठाएनन्। भनौँ रविका कारण गगनले जिते।

तर, अहिले यी दुई नेता आमनेसामुने छन्। गगन थापा रविमाथि संसदीय छानबिन नभइ नहुने अडानमा छन्। कांग्रेसभित्र रविमाथिको छानबिन माग्नेमा गगन पहिलो हुन्। गगनले रविमाथि सहकारी ठगीको आरोप लगाइरहँदा आइतबार संसद बैठक बस्यो। बैठकमा रविले बोल्न पाए। तर गगनले पाएनन्।

सभामुख देवराज घिमिरेले रवि बोलिसकेपछि संसद बैठक स्थगित गरिदिए।
रविले संसदबाट कांग्रेसमाथि त्यसमा पनि गगनमाथि आरोप लगाएका छन्। उनले गगनको नाम नै नलिइ काण्डको फेरिहस्त लगाए।    
लिलितानिवास काण्ड, वाइड बडी काण्ड, बालमन्दिरको जग्गा काण्ड, टीकारपुरको जग्गाकाण्ड, टेरामक्स, सुरक्षण मुद्रण काण्डलगायतका काण्डमा पनि छानबिन गरे आफूमाथि पनि छानबिन हुन सक्ने दलिल पेस गरे ।

 ०५५ सालमा गगन थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति थिए। रविले उनको नाम त लिएनन् । तर, त्यतिखेर ३० लाख रुपैयाँ बेरुजु भएको महालेखा प्रतिवेदनमा उल्लेख रहेको बताए।

गगनले त्रिभुवन विश्वविद्यालयको वेबसाइट बनाउने भनेर पैसा लिएको तर नबनाएकोरविको आरोप छ।
 गगन र उनको समूहले नुवाकोटमा बाख्रा पाल्ने भनेर १५ करोड अनुदान लिएका थिए। कृषि मन्त्रालय मातहतको प्याक्ट नामक परियोजनाबाट उनीहरुले अनुदान लिएपनि बाख्रा पालेनन्। पछि मिडियामा समाचार आएपछि गगनले प्याक्टमार्फत नै खण्डनगर्न लगाएका थिए। रविले त्यसमाथि पनि छानबिन गर्ने हो भन्दै प्रश्न गरेका छन्।

गगन थापा पूर्वस्वास्थ्यमन्त्री हुन्। उनी स्वास्थ्यमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन प्राध्यापकसँग १४ करोड रुपैयाँ घुस खाएको समाचार प्रकाशित भएको थियो। रविले त्यसमा पनि छानबिन समिति बनाउने हो भनेर प्रश्न गरे।

रवि गगन माथि मात्र खनिएनन्, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा जोडिएको कैलालीको टीकापुरको जग्गा काण्ड, बालकृष्ण खाँण जोडिएको नक्कली भुटानी शरणार्थी काण्ड, उपसभापति धनराज गुरुङ जोडिएको रातो पासपोर्ट दुरुपयोग काण्ड र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जोडिएको सन्तानलाई कीर्ते गरेर विदेश पठाएको काण्डका प्रसंग पनि निकालेका थिए।

रविले आफ्नो पार्टीबाहेकका दल बसेर संसदीय छानबिन समिति कस्तो बनाउने भन्ने तय गर्न आग्रह गरे । उनले भने, ‘कस्तो किसिमको सहमति बनाउने हो? रास्वपालाई हटाएर बाँकी दलहरू बसेर तय गर्नुहोस् र भन्दिनुस् । यी यस्तो समिति बनाउने भन्नुस् । म तयार छु । रास्वपा तयार छ। 

संसदमा गगनले जवाफ दिने मौका पाएनन्। तर, लगत्तै पत्रकार सम्मेलन गरेर रविमाथि थप आरोप लगाए। गगनले ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक हुँदा ऋण लिने कुनै निर्णय नगरेको भन्ने रविको तर्कमा प्रश्न उठाए । थापाले १५ प्रतिशत सेयर होल्डर र प्रबन्ध निर्देशक भएका लामिछानेले भनेजस्तो निर्णय नै नगरी रातारात पैसा आउने परिकल्पना उनीबाहेक कसैले गर्न नसक्ने बताए। ‘उहाँले बोल्दा म ध्यान दिएर सुनिरहेको थिएँ । गोरखा मिडिया नेटवर्कले चलाएको ग्यालेक्सी टीभीमा एमडी हुँदा कुनै निर्णय नगरेको भन्नुभयो । तपाईंहरू पनि कतिपयले कम्पनी चलाउनुभएको होला, एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ ?,’ प्रश्न गर्दै लामिछानेले भने, ‘उहाँले टेलिभिजनको अडिट रिपोर्टमा पटक–पटक ऋण लिएको भनेर सिग्नेचर गर्नुभएको छ ।’

उनले सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी सहकारी संस्थामा संलग्न देखिएका व्यक्तिहरू हाम्रो कृषि सहकारीको काण्डमा पनि विवादमा तानिएको बताए।