एक महिलाले एकै पटकमा ९ जना बच्चा जन्माए पछि…

एक महि`लाले एकसाथ नौं बच्चा जन्मा`एकी छिन् । मालीकी २५ वर्षीया महिलाले नौ बच्चाहरुलाई जन्म दि|एकी हुन् । यो संख्या डाक्टरहरूले स्क्या`नमा पत्ता लगाएको बच्चाहरूको संख्या भन्दा दुई बढी हो । स्क्यान`को क्रममा, केवल सात बालबालिका महि`लाको गर्भमा रहेको पुष्टि गरेको थियो ।

बीबीसीको समा`चारका अनुसार मोनाक्को`मा हलिमा सिस नाम गरेकी एक महिलाले यी ९ जना बच्चालाई जन्म दिइन् ।उक्त महिलालाई माली सरका`रले विशेषज्ञ हेरचा`हको जिम्मामा पठाएको थियो । 

पश्चिमी अफ्रिकी देश मालीका चिकि`त्सकहरू हलीमा र उनका बच्चाह`रूको जीवनको बारेमा चिन्तित थिए, यस्तो अव`स्थामा माली सर`कारले हस्तक्षेप गर्दै विशेष हे`रचाहका लागि पठाएको हो ।

महिलाको पतिले बीबीसीसँग कुरा गर्दै भने, ‘म खुसी छु, धेरै धेरै खुसी छु । मेरो श्रीमती र बच्चाहरू (पाँच छोरीहरू र चार छोराहरू) स्वस्थ्य छन् ।’मालीका स्वास्थ्यमन्त्रीले भने कि जन्मेका बच्चाहरूमा ५ बालिका र ४ बालक छन् । 

उनीहरु अपरेशनबाट जन्मेका हुन् । ९ जना बच्चाहरू एकसाथ जन्मेर बाँ`चेका घटना विरलै केस हुन्छन् । सामान्यतया, त्यस्ता बच्चाहरू जन्मसँग सम्बन्धित जटिलताको कारण बाँच्न सक्दैनन्।

हालसम्म नौ जना बच्चालाई जन्म दिने दुईवटा घटना मात्र रिपोर्ट गरिएको छ। सन् १९७१ मा, एक अष्ट्रे`लियाली महिलाले नौ बच्चालाई जन्म दिइन् । जबकि सन् १९९९ मा मलेशियामा एक महिलाले ९ बच्चाह`रूलाई पनि जन्म दिइन् । 

ती मध्ये कुनै पनि बाँच्न सकेनन् ।माली स्वास्थ्यमन्त्री फन्ता सिबीले दुबै देशह`रूको मेडिकल टोलीलाई ‘सुखद परिणाम’ का लागि बधाई दिएकी छन् ।

आमा र उनका बच्चाहरू केहि हप्ता`मा घर फर्कने अपेक्षा गरिए`को छ ।चाखलाग्दो कुरा के छ भने, सिसिलाई पहिलो पटक सात बच्चा जन्माउने पुष्टि भयो । मालीका डाक्ट`रहरूले उनलाई सरकारको आदेशमा मोरक्को पठाइदिए किनभने मालीमा त्यस्तो प्रसव उपचा`रका लागि उचित चिकित्सा उपकरण छैन।