अमेरिकाले चीनलाई के चेतावनी दियाे ?

युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामान रुसलाई उपलब्ध गराउन नरोकेमा वाशिङ्टनले कडा कारबाही गर्ने बताएका छन् ।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठूलो खतरामा परेको र त्यसको विरुद्धमा चीनले काम गरिरहेको ब्लिन्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्रीलाई बताए । तर, ब्लिन्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् ।

तर ब्लिन्केनले अमेरिका केही विषयमा अगाडि बढेको संकेत गरेका छन् । ब्लिन्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए ।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताए।