साताैँ स्वयम्भु रन सम्पन्न(फाेटाे सहित)

साताैँ स्वयम्भु रन २०८१ सम्पन्न भएकाे छ। स्वयम्भु एथ्लेटिक्स ट्रेनिङ सेन्टर क्लब तथा वैकुण्थ मानान्धर खेलकुद नेपालद्वारा आयाेजित दाैड प्रतियाेगिता शनिबार सु-सम्पन्न भएकाे स्वयम्भु एथ्लेटिक्स ट्रेनिङ सेन्टर क्लबका अध्यक्ष रमेश सुनार ज्यले वर्णन संवाददातालाई जानकारि दिनुभयाे।

प्रतियाेगितामा यु-१२ तथा ४०+ लाई २.८ कि.मि र खुल्ला (१२-४० उमेरका) लाई ५ कि.मि दाैड तय गरिएकाे थियाे। खुल्ला दाैड छात्रतर्फबाट मिङ्गमार सिङ तामाङ प्रथम हुनुभएकाे छ भने रेम बुढा मगर द्वितीय र हस्त सुनार तृतीय हुन सफल भए । त्यसैगरी खुल्ला दाैड छात्रातर्फबाट आयुष्मा आचार्य प्रथम,मन्जु सनुवार द्वितीय र गाेमा बुढा मगर तृतीय हुन सफल भए । उनिहरूलाई मेडल तथा  ७७७०,५५५०,३३३० क्रमश धनराशि सहित सम्मानित गरियाे।

यु-१२ छात्राबाट एरूशा आमागाइँ प्रथम रबिना कुशुवाल द्वितीय र खुशी गुरूङ तृतीय हुन सफल भए ।त्यसैगरी यु-१२ छात्रमा शेरबहादुर शाहि प्रथम देभग्य लाल क्ष्रेष्ठ द्वितीय र तृतीयमा विलिभ बाेहाेरा हुन सफल भए । 

५०+ पुरूषबाट  राजु भण्डारी प्रथम देव महर्जन द्वितीय तथा मङ्गल बहादुर थकालि तृतीय स्थान हात पार्न सफल भए।

५५+ पुरूषबाट दिपक कुमार रञ्जिन प्रथम,द्वितीयमा राम कृष्ण महर्जन र तृतीयमा सुर्य कटुवाल हुनुभएकाे छ।

६०+ पुरूषबाट विक्रम महर्जन प्रथम विष्णु प्रसाद स्वंगमिखा द्वितीय हुनुभएकाे छ। ६५+ पुरूषबाट पुष्रपलाल क्ष्रेष्ठ प्रथम र वद्रि बुढा मगर द्वितीय हुन सफल भए । त्यसैगरी ७०+ बाट मंगलदाश तण्डुकार प्रथम हुनुभएकाे अध्यक्ष रमेश सुनारले जानकार गराउनु भयाे। दाैडमा खुल्ला तर्फमा प्रथम,द्वितीय,तृतीय स्थानमा पर्न सफल सम्पुर्ण खेलाडिहरूलाई मेडल र क्रमश:रू ७७७०,रू५५५०र रू३३३० धनराशिबाट सम्मान गरियाे भने बाकीँलाई मेडल, प्रमाण पत्र र ट्राेफीले सम्मान गरियाे 

साथै चाैथाे र पाचाैँ स्थानसम्मका खेलाडिहरूलाई  रू११००-११०० बाट सम्मान गरियाे। त्यसैगरी म्याराथुन धावक रामकृष्ण महर्जन र म्याराथुन धावक अमिर यादवलाई नगद रू १०,०००-१०,००० बाट सम्मानित गरियाे।