भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदै

एजेन्सी। भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मू कश्मीर , लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ ।

पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपालको चुनावी भाग्य तय हुनेछ ।

पहिलो चरणमा उत्तर प्रदेशका आठ सिट, पश्चिम बंगालका तीन सिट, विहारको ४ सिट, जम्मु कश्मिरको एक सिट, मध्य प्रदेसको ६ सिट, महाराष्ट्रका पाँच सिट, असमको पाँच सिट, त्रिपुराको एक सिट, छत्तीसगढको एक सीट, राजस्थानका १२ सिट, मणिपुरमा दुई सिटमा मतदान हुने भएकाे छ ।

यस्तै तमिलनाडुका सबै ३९ सिट, उत्तराखण्डमा पाँच सिट, अरुणाचल प्रदेशको दुई सीट, मेघालयको दुई सिट, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमका एक एक सिटमा आज मतदान हुँदैछ । अण्डमान र लक्षद्वीपको एक एक सिटमा पनि आज मतदान हुँदैछ ।