हमासले बन्धक बनाएकामध्ये २५ जनालाई रिहा
इजरायली क्षेत्रमाथि अक्टोबर ७ मा आक्रमण गरी हमासले बन्धक बनाएकामध्ये २५ जनालाई रिहा गरेको छ। बिहीबार साँझको समयमा बन्धकलाई हमासले रिहा गरेको इजरायलले जानकारी दिएको छ।
बन्धक भएकामध्ये १२ जना थाई नागरिक छन् भने १३ जना इजरायली नागरिक छन्। १३ जना इजरायली नागरिकलाई इजिप्टसँगको सीमामा रेडक्रसलाई हस्तान्तरण गरिएको इजरायलले जानकारी दिएको छ।
थाई नागरिकलाई पनि इजिप्टबाटै रिहा गरिएको हो। थाई नागरिक भने हमास-इजरायलबीचको युद्धविराम सम्झौतामा उल्लेख गरिएको संख्या ५० मा समावेश नहुने इजरायलले बताएको छ। कतारको मध्यस्थतामा हमास र इजरायलबीच युद्धविराम समझदारी भएको थियो। चार दिनसम्म युद्धविराम समझदारी भएको छ। इजरायलले भने जेलमा राखेका १५० जनालाई रिहा गर्ने सम्झौतामा उल्लेख छ।
अक्टोबर ७ मा हमासले इजरायली क्षेत्रमा आक्रमण गरी २४० जनालाई बन्धक बनाएको बताइएको छ। हमासको आक्रमणमा परी १२ सय जनाको मृत्यु भएको थियो। हमास आक्रमणमा १० नेपाली नागरिकको पनि मृत्यु भएको थियो भने कञ्चनपुरका विपीन जोशी बन्धक छन्। हमासले दोस्रो चरणमा विपीनलाई रिहा गर्न सक्ने इजरायलस्थित नेपाली दूतावासले अपेक्षा गरेको छ।
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
प्रतिक्रिया