भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो ।
स्थानीय सञ्चार माध्यामहरूले अधिकारीहरुलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।
रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए । उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी कन्द्रीय अनसुन्धान ब्युरोले जाँच समेत गरिहेको छ ।
यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया