नहकुल सुवेदी सुर्खेत सरुवा, चूडाललाई न्याय

 

शक्ति र पहुँचका आधारमा अस्वाभाविक तवरले अवसर पाउँदै आएका पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी सुर्खेत सरुवा भएका छन् । उनको ठाउँमा सुर्खेतबाट कुमार चूडाल आएका छन् । पहिलो वरीयतामा रहेका चूडाललाई यसअघि अन्यायपूर्वक खेदिएको थियो । उनलाई बाहेक गरेर कनिष्ठहरूलाई सुविधा र अवसर दिँदा न्यायिक नेतृत्वको आलोचना भएको थियो ।

पाटनमा आफूभन्दा कनिष्ठ सुवेदीलाई नमस्कार गर्नुपर्दा न्यायाधीशहरूले नै संकोच मान्ने गरेका थिए । विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुली र केही व्यापारिक घरानाको प्रभावमा सुबेदीले एकै वर्षमा तीनवटा बढुवा पाउनुको साथै छोटो समयमा नै पाटनको मुख्य न्यायाधीश बन्ने अवसर पाएका थिए । सुवेदी पराजुलीका ज्वाइँ हुन् । सुवेदी न्यायपरिषद सचिव छँदा गोपाल पराजुलीको आडमा अन्य न्यायाधीश र न्यायपरिषदमाथि पनि बेइमानी गरेको आरोप छ ।