राजनितिक आधिँवेरी

नारायण थानको डाँडाबाट,
दुरविन हेर्दै बस्यो “सेरे”
नौटंकीले यताबाट
चारैतिर झ्याम्मै घेरे !

जसपाले सुर्याउदा ,
सुर्यिएरै हिडेउ तिमी
उपाय र पावर छैन,
के गर्छौ त रिमीझिमी ?

संविधान नै मिची हिडे,
के. पी. बाले अहिले
लोकतन्त्रको विरोधी नै
रेछन् क्यारे पहिले !

निष्कर्षमा षडयन्त्र,
गम्भीर हुदै गयो
राजनितिको भाडो पनि
डामाडोल नै भयो !

राष्टघाती कदम चाल्ने
बानि रैछ पहिले,
संविधानकै हत्या गर्यो
यो बुढोले अहिले !