के सुल्झिएकै हो त सुख्खा बन्दरगाहा विवाद ?

काठमाडौँ। काठमाडौँको किर्तिपुर नगरपालिका अन्तर्गत पर्ने चोभारमा बन्न लागेको खुख्खा बन्दरगाहा विवाद अझै टुङ्गोमा पुग्न सकेको छैन। निर्माण कार्य भइरहेको भए पनि स्थानिय बासिले भने विरोध जनाउदै आइरहेका छन् ।

सरकारी योजना अनुसार हाल त्यसको काम तिब्र रुपमा अगाडि बढीरहेको भएपनि स्थानिय र निर्माण कम्पनी विच शित युद्ध नै चलेको देखिन्छ ।स्थानियले जग्गाको मुआब्जा, हिमाल सिमेन्ट हुदाँको कर्मचारीको समस्या लगायतका माग राख्दै विरोध जनाइरहेका छन् । स्थानियले सरकारले चोभारको धार्मिक,समाजिक पर्यटकिय ठाँउलाई पनि मास्न लागेको सुन्दर शान्त चोभारको बातावरणलाई नै विगार्न लागि परेको स्थानिय पञ्चलाल महर्जनले बताए

यता केही व्यक्तिले सिमित स्वार्थमा लागेर निर्माण कार्यमा नै वाधा उत्पन्न गराएको आरोप निर्माण कम्पनीले लगाएको छ ।

सरकारले स्थानियको माग पुरा गर्ने प्रतिवद्धता गरिसकेको छ स्थानियको बन्दरगाहा बने पछि त्यहाँका स्थानिय बासिन्दालाई नै सेवा पुग्ने हो यसमा धार्मिक मन्दिर निर्माण गरिने १० हजार विरुवा समेत रोपीने,साउन्ड प्रुफ हुने बाणिज्य आपूर्ति विभागका प्रवक्ता रविशंकर जैसीले जानकारी दिए ।

गुणस्तरीयतामा प्रश्न उठेको छ नि भन्ने प्रश्नमा निर्माण कम्पनी सान्छी आशिष जेभीका एक अधिकारीले बताए ।
हामी हाम्रो काममा प्रतिवद्धता छौँ ।केही मान्छेको कुरा सुनेर गलत आरोप लगाएकोमा उनले आपत्ति समेत जनाएका छन् ।

बन्दरगाहाको शिलन्यास प्रधानमन्त्री केपी शर्माले ओलीले २०७५माघ माघ ३ गते स्थानियहरुको विरोधको बाबजुत पनि बन्दरगाहाका शिलान्यास गरेका थिए ।
सुख्खा बन्दरगाहा निर्माणका लागि विश्व बैंकले १ अर्व ५७ करोड रुपैयाँ सहयोग गरेको छ । पहिलो चरणको काम सक्नका लागि भने सान्छी– आशिष जेभी भरतपुर लाई ठेक्का दिएको छ ।
उक्त कामको लागि १ अर्ब २८ करोड १० लाख ५० हजार ६ सय २४९ मा सरकार र सान्छी जेभीबीच गत साउन १७ गते २०७६ माघ भित्र सक्ने गरी सम्झौता भएको थियो ।

त्यस्तै दोस्रो कामको ठेक्का लुम्बिनि कोशी एण्ड न्यौपाउने जेभी नयाँ बानेश्वर काठमाडौँले पाएको छ । २० करोड १४ लाख ८७ हजार ३८ रुपैँया बराबरको ठेक्का सम्झौता ११ जुलाइ २०१८ मा भएको र ठेक्काको सम्पन्न हुने मिति २०२० सम्म रहेको छ ।

सरकारले सुख्खा बन्दरगाहालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेर काम अगाडि बढाइरहेको भएपनि सरकारले स्यानियको गुनासो लाई सम्बोधन गर्न सकेको छैन।