नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। 

यसअघि गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अदालतको आदेशपछि पौडेललाई बुधबारै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । उनलाई विशेष अदालतले पेमेन्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा गत शुक्रबार नै दोषी ठहर गरिसकेको छ । 

 उनीविरुद्ध सरकारको अनुमति बिनानै सिङ्गापुरमा डलर खाता खोलेको र घुसबापतको आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।