कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर
काठमाडौँ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो ।
उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक विकल्प जुम्ली प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताउनुभयो । पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले बताउनुभयो । तीन वर्षसम्म सचिवालयमा रहेर काम गर्नुभएका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरेको छ ।
यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन ।
दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
कर्णाली मन्त्रिपरिषद् बैठकले उक्त योजना स्वीकृत, के–के समेटिएको छ योजनामा ?
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
सत्रौँ गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
प्रतिक्रिया