थप एक जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही - नवलपरासी पश्चिमको सुनवल ४ का ७७ वर्षीय पुरुषलाई बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा ल्याईएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहाँं गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो । उनलाई राति थप समस्या भएपछि कोरोना अस्पताल लैजांदै गर्दा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।