बुटवल कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल - बुटवल कोरोना विशेष अस्पतालमा नवलपरासीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनवल नगरपालिका–४ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको बुटवल विशेष अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।

उनलाई श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।