बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु

रुपन्देही - आज (शनिबार) विहान थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल–१० का ७९ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत आज (शनिबार)बिहान  मृत्यु भएको हो ।

उक्त अस्पतालका अनुसार मृत्यु भएका पुरुषमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई निमोनिया र मिर्गौलाका रोगी रहेको १३ दिनसम्म भेन्टिलेटरमा उपचार भईरहेको थियो ।