बुटवल कोरोना विशेष अस्पतालमा उपचारको क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु

रुपन्देही - बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपािलका- ६ का ४७ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज (बिहीबार) मृत्यु भएको हो । ४७ वर्षीय पुरुषलाई हिजो (बुधबार) अस्पताल भर्ना भएका आज (बिहीबार) दिउँसो साढे १ बजे मृत्यु भएको उक्त अस्पताल जनाएका छन् । अस्पताल भर्ना भएकै दिन उनमा संक्रमण पुष्टि भएको थियो । उनलाई मधुमेह र उच्च रक्त चापका बिरामी थिए ।