बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

रुपन्देही - आज (बुधबार) विहान थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत क्रमा बुधबार बिहान मृत्यु भएको छ । ती वृद्धलाई शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका थिए वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

त्यसैगरी बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको सोही अस्पताल बुधबार बिहान साढे ५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । ती महिलालाई सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी अरु कुनै समस्या नभएको उनले बताए ।

गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।